गायिका रिया खत्रीको ‘कोशेली’ म्युजिक भिडियो सार्वजनिक

फिल्मी फण्डा। गायिका तथा मोडल रिया खत्रीको नयाँ एकल म्युजिक भिडियो ‘कोशेली मलाई त केरा चाहिन्छ’ सोमबार सार्वजनिक भएको छ। गीतमा रिया खत्री र कलाकार विश्वास नेपालको स्वर रहेको छ। गितका शब्द राजेश नेपाल बबिनका हुन् भने सङ्गीत विश्वास नेपालको रहेको छ। भिडियोको निर्देशन चर्चित निर्देशक प्रकाश भट्टले गरेका छन्।

उक्त कोशेलीमा चर्चित मोडल लोमस शर्मा र गायिका रिया खत्रीले उत्कृष्ट प्रदर्शन गरेका छन्। रियाको कोशेली आशा लाग्दो म्युजिक भिडियो बनेको निर्देशक प्रकाश भट्ट र गायक विश्वास नेपालले बताएका छन्। निर्देशक भट्टले भिडियो अत्यन्तै उत्कृष्ट बनेकाले एकपटक हेरेर प्रतिक्रिया दिनको लागि आग्रह गरेका छन्।

गीत सार्वजनिक गरेसङ्गै रिया खत्री निकै उत्साहित भएकी छिन्। उनले दर्शक–स्रोताप्रति आभार प्रकट गर्दै आफ्नो मेहनतलाई मन पराई आफ्नो प्रस्तुति मन पराएकोमा धन्यवाद दिइन्। उनले कलाकारितामै आफ्नो भविष्य जोडिएको बताएकी छन्। रियाले आफ्नो कोशेली एकपटक हेरेर माया गरिदिनको लागि भगवानरुपी दर्शकलाई अनुरोध गरेकी छन्।

रिया खत्रीको आधिकारिक युट्युब च्यानल "Riya Khatri Official" ले ६ महिनामै २३ हजार भन्दा बढी सब्सक्राइबर हासिल गरिसकेको छ भने उनका विभिन्न लाइभ दोहोरी अन्य म्युजिक भिडियोलाई लाखौं दर्शकले हेरेर मन पराइसकेका छन्।

हालसम्म उनले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा स्वर र अभिनय गर्दै नेपाली सांगीतिक क्षेत्रमा आफ्नो उपस्थिति दर्ज गराएकी छिन्। नेपालका विभिन्न जिल्लाका महोत्सव तथा सांगीतिक कार्यक्रममा प्रस्तुतिसँगै उनले मलेसिया, सिङ्गापुर, भारतलगायत मुलुकहरूमा समेत पुगेर आफ्नो प्रस्तुति दिईसकेकी छिन्।

सल्यान जिल्ला बागचौर नगरपालिका घर भएकी रियाले प्लस टु उत्तीर्ण गरेपछि थप अध्ययनका लागि काठमाडौं आएकी थिइन्। २१ वर्षकै उमेरमा उल्लेखनीय सफलता हासिल गरेकी उनले कलाकारितालाई नै जीवनको प्रमुख पहिचान बनाएर अघि बढ्ने संकल्प व्यक्त गरेकी छन्।

उनले दर्शकलाई आफ्नो गीत ‘कोशेली’ हेरी प्रतिक्रिया दिन तथा युट्युब च्यानल "Riya Khatri Official" सब्सक्राइब गर्न आग्रह गरेकी छिन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech