‘हरिबहादुरको जुत्ता’को दोस्रो गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक

फिल्मी फण्डा। चलचित्र ‘हरिबहादुरको जुत्ता’ को दोस्रो गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक गरिएको छ। राजधानीमा आयोजना गरिएको विशेष कार्यक्रममा गीत सार्वजनिक गरिएको हो।

आशिष अविरल र मेलिना राईको स्वरमा रहेको गीतमा दानबहादुर कार्कीको शब्द र दीपक शर्माको सङ्गीत छ। लोक फ्लेवरमा तयार पारिएको यो गीतलाई दर्शकले मन पराउने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ। किरण थापाको कोरियोग्राफीमा बनेको भिडियोमा हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर छन्।

दिपेन्द्र के. खनाल निर्देशित फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने र कमलमणि नेपाललगायतका कलाकारको अभिनय रहेको छ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा बनेको चलचित्रलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्। कृष्ण बहादुर थापाको छायांकन र नकुल खड्काको सम्पादन रहेको फिल्ममा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत छ भने आशिष अविरल, समीक्ष्या अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर समावेश छ।

चलचित्र आउँदो असोज १३ गते (दसैँको फूलपाती) देखि देशभर प्रदर्शनमा आउनेछ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech