‘माइतीघर’को शीर्ष गीत सार्वजनिक, दर्शकका लागि भिडियो प्रतियोगिता घोषणा

फिल्मी फण्डा। रोहित अधिकारी फिल्मस् प्रा.लिको नयाँ फिल्म ‘माइतीघर’ को शीर्ष गीत सार्वजनिक भएको छ। ओएसआर डिजिटलमार्फत सार्वजनिक गीतमा सञ्जिवनीको स्वर रहेको छ। गीत ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ मा किरण खरेलको शब्द र स्वर्गीय जयदेवको संगीत समावेश छ।

फिल्मको भिडियोमा उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाको रोमान्स तथा आकर्षक नृत्य देख्न सकिन्छ। छायांकन मानकृष्ण महर्जन र सुषन प्रजापति, कोरियोग्राफी कविराज गहतराजले गरेका छन्।

फिल्म असोज १३ गते दशैंको फूलपातीबाट देशभर प्रदर्शनमा आउनेछ। चलचित्रमा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत लगायतका कलाकारको अभिनय रहेको छ।

साथै, गीतसँगै भिडियो प्रतियोगिताको पनि घोषणा गरिएको छ। ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो बनाउनेमध्ये उत्कृष्ट प्रतिभालाई ५ लाख नगद पुरस्कार दिइनेछ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech