‘मेरो जुत्ता खोइ’को नयाँ गीत सार्वजनिक

फिल्मी फण्डा। अनुग्रह फिल्म्स, बुलाकी इन्टरटेनमेन्ट र मुखिया फिल्म्सको ब्यानरमा बनेको फिल्म ‘मेरो जुत्ता खोइ’ को नयाँ गीत ‘दिलको ढोका खोलेर’ सार्वजनिक भएको छ। निर्माण टिमले राजेश पायल राई र मेलिना राईको स्वरमा तयार भएको गीतको भिडियोलाई रिलिज गरेको हो। 

 
यस गीतमा डा. ओमकृष्ण प्रसाईंको शब्द, विकास चौधरीको संगीत र संजय हमालको एरेन्ज रहेको छ। गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरूलाई समेटिएको छ भने कोरियोग्राफी कमल राईले गरेका छन्। 
 
कुमार केसी निर्देशित यस फिल्ममा सुरवीर पण्डित,रोहन सेन्चुरी,प्रशान्त मुखिया,रचना सिवाकोटी,लानाम डोर्जे लामा, कृष्ण सुवेदी,दीपेन्द्र सुब्बा,तुलसा शर्मा,अचला अधिकारी,अभय अधिकारी,पिटर खवास लगायतले अभिनय गरेका छन्। निर्माण पक्षका अनुसार यो गीत र फिल्म दुवै प्रेम, विवाह र सामाजिक सम्बन्धका कथामा आधारित निर्माण गरिएको हो। 
 
फिल्मको निर्माण दर्पण क्षेत्रीले गरेका हुन् भने प्रस्तुतकर्ता अभय अधिकारी हुन्। निर्मातामा प्रितम मुखिया र अभय अधिकारी छन्। यस फिल्मको कार्यकारी निर्माता रोहन सेन्चुरी(डम्बर बहादुर विश्वकर्मा) हुन्।
 
‘मेरो जुत्ता खोइ’को भिडियो तथा ट्रेलरमा कलर ग्रेडिङ र सम्पादन निशान तामाङ र सन्देश शाहले गरेका छन्। ‘लडाइँ’ निर्देशन सन्तोष खवासले गरेका छन् भने पृष्ठभूमि संगीत अलीश कार्कीको रहेको छ। फिल्मलाई निकट भविष्यमै देशव्यापी प्रदर्शनमा आउने तयारीमा छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech