दिपेश रोक्का। गायक राजन राई र गायिका प्रेक्षा लम्सालको स्वरमा सजिएको नयाँ गीत ‘मौसम’ सार्वजनिक गरिएको छ। मित्र केसीको शब्द र संगीतमा तयार भएको गीतको निर्देशन पूजा ठकुरीले गरेकी हुन्।
भिडियोलाई दिनेश पराजुलीले छायांकन गरेका हुन् भने विनोद बमले सम्पादन गरेका छन्। भिडियोमा कलाकार दिनेश कठायत र रिना माझीले अभिनय गरेका छन्। प्रेम र मिलनको भाव व्यक्त गरिएको भिडियोले दर्शकको ध्यान तानिरहेको छ।
सार्वजनिक भएको छोटो समयमा नै गीतले सकारात्मक प्रतिक्रिया बटुलेको छ। ‘मौसम’ गीत सुनिल दवाडीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।