लक्ष्मी र प्रतापको सहकार्यको ‘नौली हदेली’ सार्वजनिक

फिल्मी फण्डा। देउडा फ्युजनकी रानी भनेर परिचित सुदुरपश्चिकी गायिका लक्ष्मी आचार्यले नयाँ गीत ‘नौली हदेली’ ल्याएकी छन् । उनको यो यो गीत पनि देउडा फ्युजनमै रहेको छ ।
यसअघि उनले ल्याएको देउडा फ्युजन गीत ‘भन साली’ दर्शकले अत्याधिक रुचाएका थिए । यसको अलवा उनले ल्याएको ‘ओ मेरी भाउजु’, ‘लाई हेल कालो टिको’, ‘जोई प्यारी जारीकी’, ‘रतन चढी इजु’ लगायत गीत पनि सुपरहिट भएको थियो ।

टिपिकल गीतबाट राष्ट्रिय परिचय समेत बन्न गाह्रो भएको समयमा अन्तराष्ट्रिय चर्चाका लागि आफुले देउडा फ्युजनमा बनाएको ने गायिका आचार्य बताउँछिन् ।
‘हिजोको दिनमा देउडा नसुन्ने पुर्वमा पनि फ्युजनमा कारणले सुन्न थालेका छन्’, गायिका आचार्य भन्छिन् ‘देउडा गीत, लय सबैमाझ पुर्याउने हिसावले फ्युजन थालेकी हुँ ।’ विदेशमा समेत चर्चा कमाउन सफल उनी टिपिकल गीतबाट अन्तराष्ट्रिय पहुँच बनाउन कठिन हुने धारणा राख्छिन् ।

विगत १४ बर्षदेखि गायनमा सक्रिय उनले ‘नौली हदेली’ गीत नेपाल आइडलबाट चिनिएका गायक प्रदाप दाशसँगको सहकार्यमा गाएकी छन् । गायक प्रतापको देउडा गीत यो नै पहिलो हो । देउडा सुदुरपश्चिमको निकै मिठो र राम्रो कल्चर भएको कारण गाउँन पाएकोमा दाश एकदमै खुसी छन् । पहिलो पटक देउडा गाएपनि प्रतापले गीतलाई भने न्याय गरेका छन् ।
‘म सुदुरपश्चिममा कार्यक्रम गइरहन्थेँ र देउडा गीत अहिलेसम्म गाएको थिइन’, दाशले भने ‘यो गीतले मलाई सुदुरपश्चिमसँग झन् नजिक गराएको छ ।’

‘नौली हदेली’ गीतमा माया प्रेममा रहेका साली भिनाको कथा समेटिएको छ । विवाह गर्छु भनेर बचन दिएर अर्काेसँग सम्बन्ध बनाउने भिनालाई केही बर्षपछि भेट हुँदा साली गर्ने प्रश्न र भिनाले दिने जवाफ गीतमा छ । गीतको शब्द तथा संगीत गायिका आचार्यकै हो, भने एरेन्ज देवेश राइले गरेका हुन् । गीतको भिडियोमा अभिषेक खड्का र मिस पविको अभिनय छ । भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन् । गीत गायिका आचार्यले आफ्नै अफिसियल युट्युब च्यानल लक्ष्मी आचार्यबाट ल्याएकी हुन् ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech