सचित खड्काको निर्देशनमा ‘पल’ म्युजिक भिडियो, प्रेमको मिठास लिएर आउँदै

दिपेश रोक्का। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्।

सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन गरेका हुन् भने शिलान लम्सालले सम्पादन तथा रङ संयोजन गरेका छन्।

प्रेमका मीठा क्षणहरू समेटिएको यस गीतले दर्शकको मन छुने विश्वास लिइएको छ। आकर्षक लोकेशन, सजीव अभिनय र भावनात्मक प्रस्तुतिले भिडियोलाई विशेष बनाएको निर्देशक सचित खड्काले बताएका छन्।

‘पल’ म्युजिक भिडियो चाँडै नै विभिन्न डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिने तयारीमा रहेको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech