‘कार्की साइला’को पहिलो गीत ‘लग्यौ परान’ दर्शकमाझ

फिल्मी फण्डा। असोज २ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘कार्की साइला’ को पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक गरिएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत निर्माण टिमले प्रचारप्रसारको सुरुआतस्वरूप उक्त गीत सार्वजनिक गरेको हो।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार जितु नेपाल र प्रियाना आचार्यलाई फिचर्ड गरिएको छ। भिडियोमा दुवै कलाकारबीचको केमेस्ट्री आकर्षक देखिन्छ। कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरूले गीत र भिडियोको प्रशंसा गरेका थिए।

श्रेय अगस्ती र बेनिशा पौडेलको स्वर रहेको गीतमा विष्णु नेपाल नेपालीको शब्द, संकेत अगस्तीको संगीत तथा विशाल निरौलाको एरेन्ज रहेको छ। निर्माण पक्षले गीत दर्शकमाझ रुचाइने विश्वास व्यक्त गरेको छ।

फिल्ममा जितु नेपाल र प्रियाना आचार्यका साथै सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, दिप्सन लिम्बु, कमल देवकोटा, रोदा राई, मेनुका आचार्य र गणेश राजभण्डारीलगायत कलाकारहरूको अभिनय रहेको छ।

डम्बर राईको कथामा आधारित फिल्मलाई राजेन्द्र बस्नेतले निर्देशन गरेका हुन्। पटकथा तथा संवाद शंकर धिताल र सबिन अधिकारीले संयुक्त रूपमा लेखेका हुन्। बालकुमार राई र निर्भिक बञ्जाराको लगानी रहेको फिल्मका कार्यकारी निर्माता अनन्त राई हुन्।

फिल्मका डीओपी डम्बर राई हुन् भने छायाङ्कन नारायण गुरुङले गरेका छन्। सम्पादन सन्देश शाहले गरेका छन् भने सह-सम्पादन सन्दीप डाँगीको रहेको छ।

फिल्मका मुख्य सहायक निर्देशक रोजल थापा हुन् भने सहायक निर्देशकमा गीता बिष्ट र सजना थापा रहेका छन्। दिप्सन लिम्बु र संकेत अगस्तीको संगीत रहेको फिल्मका गीतमा दिप्सन लिम्बु, श्रेय अगस्ती र बेनिशा पौडेलको स्वर सुन्न सकिनेछ।

फिल्मको प्रोडक्सन म्यानेजमेन्ट सी.बी. भण्डारीले सम्हालेका छन् भने शृङ्गार रवी केसीले गरेका छन्। पोस्ट-प्रोडक्सनको काम ग्लोबल रिल मोशन पिक्चर्सले गर्नेछ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech