अमेरिकामा बस्ने गायिका नीता आचार्यको शिवभजन ‘त्रिनेत्रधारी’ सार्वजनिक

फिल्मी फण्डा। अमेरिकामा बसोबास गर्दै आएकी गायिका नीता आचार्यले शिवभजन “त्रिनेत्रधारी” सार्वजनिक गरेकी छन्। सार्वजनिक भजनमा नीताको भक्ति र समर्पणले गीतलाई मार्मिक बनाएको छ। भजनको निर्देशन अनुभवी निर्देशक तथा कोरियोग्राफर गोविन्द राईले गरेका छन्। नेपाली चलचित्र र संगीत क्षेत्रमा १५० भन्दा बढी चलचित्र र १००० भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेका राई हाल अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आफ्नो डान्स स्कूल सञ्चालन गर्दै आएका छन्।

अञ्जय खड्काले भिडियोको छायाकन एवं सम्पादन गरेका हुन्। भिडियोमा गायिका नीता आचार्य संगै बालकलाकार महर्षि घिमिरेले अभिनय गरेका छन्। महर्षि निर्देशक शंकर घिमिरे र अभिनेत्री रिचा घिमिरेका छोरा हुन्। भजन पूर्ण रूपमा हिन्दू बुद्ध मन्दिर र मेरिल्यान्डको बाल्टिमोर वरपर छायांकन गरिएको हो। नीता आचार्य लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय छिन्। उनका लोकप्रिय गीतहरू — “समर्पण”, “जिन्दगी त संगै जिउने हो”, र “यादहरू रंगिन संसार” — श्रोताको मनमा आज पनि ताजा छन्। 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech