आँखा मार्नेमा नाजिर र प्रियंका

फिल्मी फण्डा। गायक तथा संगीतकार कृष्ण विकको 'आँखा मार्ने' बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ।

 

विककै शब्द संगीतमा तयार भएको गीतमा महिला गायनमा मनीषा सुनारले साथ दिएकी छन्। एन एक्स मसको एरेन्जमा तयार भएको गीतको भिडियोमा नाजिर हुसेन र प्रियंका कार्की रोमान्टिक मुडमा देखिएका छन्। आँखा मार्नेबाट नै गायक तथा संगीतकार कृष्ण विकले भिडियो निर्देशनमा डेब्यू गरेका छन्।

 

यसअघि 'यानीमाया', 'रातो टिकी', 'राधा पियारी', 'हजुर मुसुक्कै' लगायतका गीतमा सफलता पाइसकेका कृष्णले यो पटक अझ बढी आशा राखेका छन्।

 

उनले भने, 'अघिल्ला पटक वर्षको दुई गीत गर्दै आएको थिए । यो पटक यसै गीतको लागि वर्ष खर्चिएको छु । नाजिर र प्रियंकाको केमेष्टि दर्शकको रोजाइ बन्ला भन्ने अपेक्षा राखेको छु।'

 

भिडियो कृष्ण विकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। २०५८ सालमा 'सुन्दर सुदूरपश्चिम हाम्रो' गीतबाट औपचारिक गायन यात्रा सुरु गरेका विकले सृजना, अडियो र भिडियोमा गुणस्तरीय काम गर्दै आएका छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech