फिल्मी फण्डा। गायक आश्रम गुरुङ र गायिका रुपी सिङ्जाली मगरको स्वरमा रहेको “खाडी छिर्ने हो” गीतको भिडियो सार्वजनिक भएको छ । वैदेशिक रोजगारीको सन्दर्भमा नेपाली समाजमा व्याप्त पीडा, बाध्यता र आशालाई संगीतको माध्यमबाट उजागर गर्ने उद्देश्यले लोक गीत “खाडी छिर्ने हो” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक गरिएको हो । गीतले खाडी मुलुकतर्फ रोजगारीको खोजीमा जाने लाखौं नेपाली युवाको कथालाई समेटिएको छ ।