चलचित्र " कुमुदे हिड्यो हिरो बन्न " निर्माण हुँदै 

फिल्मी फण्डा। नेपाली कथान चलाचित्र " कुमुदे हिड्यो हिरो बन्न " निर्माण हुने भएको छ ।  शाहीत्यकार तथा गीतकार जानकी पन्त जुन को डेब्यु निर्देशन रहने यस चलचित्रमा एउटा पात्र जो जिन्दगीमा हरेक कुरामा हिरो बन्न चाहन्छ उसैको कथामा चलचित्र रहने निर्माण पक्षले जानकारी दिएको छ ।

कुमुद इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुने यस चलचित्रका निर्माता हुन् बिष्णु पन्त शर्मा आचार्य तथा सह निर्माता चक्र बहादुर बराल रहेका छन्र । चलचित्रमा कार्यकारी निर्माता भने रंग पत्रकार एवम रेडियो प्रस्तोता भोला सुबेदी आर्जे प्रणव रहेका छन् । नेपालको दाङ , पोखरा र काठमाण्डौको स्थानमा छायांकन गरिएने यस चलचित्रको केहि  दृश्य भने बेलाएतामा छायांकन हुने निर्माण पक्षले जनाएको छ ।    बायोपिक र सत्यकथामा आधारित रहेर चलचित्र निर्माण गर्न लागेको बताए निर्देशक जानकी पन्त जुनले ।

आगामी सोमबार बाट दाङको घोराई बाट चलचित्रको मुहुर्त गरेर छायांकन सुरु  गर्दै करिब २० दिनको छायांकन पश्चात बाँकी छायांकनको लागी तिहार लगत्तै बेलाएत जाने बताए चलचित्रका निर्माता बिष्णु पन्त शर्मा आचार्यले ।

 चलचित्रमा कुमुदेको पात्र भने अभिनेता कुमुद पन्तले निर्वाह गर्ने बताएको निर्माण टिमले चलचित्रको अर्का  प्रमुख कलाकार नायिकाको भने नाम अहिलेलाई गोप्य राखेको छ । चलचित्रमा दुई नायिका हुने बताए निर्देशक पन्तले । महिला द्वन्द निर्देशक किरण दाहालको दोन्द , बिपिन आचार्य र ओम सुनारको संगीत र सन्देश शाहको सम्पादन रहने यस चलचित्रको प्रदर्शन मिति भने २०८३ साल तोकिएको छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech