‘रिमै’को भव्य प्रिमियर सम्पन्न

फिल्मी फण्डा। आगामी भदौ २० अर्थात भोलि शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘रिमै’ को बुधबार न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा भव्य प्रिमियर सम्पन्न भएको छ। प्रिमियरमा गुरुङ समुदायको सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिएको थियो।

अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङ विशेष वेभभुषामा देखिएका थिए। अन्य कलाकार, निर्माता तथा विभिन्न सेलिब्रेटीहरूको पनि उपस्थिति थियो।

खिलबहादुर गुरुङ निर्देशित फिल्म गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स प्रालिको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा बनेको हो। उपेन्द्र सुब्बाले पटकथा लेखेका फिल्मलाई शैलेन्द्रध्वज कार्कीले छायांकन गरेका हुन्।

फिल्ममा दयाहाङ र रिश्मासहित अर्पण थापा, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरबल घले, डिबी गुरुङ, टेक गुरुङ तथा बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरको अभिनय छ।

फिल्मका कार्यकारी निर्माता वीरबल घले हुन् भने टीका गुरुङ, जितयात्री गुरुङ र दुनबहादुर घले निर्माता हुन्। बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माता हुन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech