‘गायिका शान्तीश्री परियार र गायक कृष्ण काफ्लेको स्वर रहेको नयाँ गीत ‘धरहरामा बस्यो माया जाल’ सार्वजनिक(भिडियोसहित)

फिल्मी फण्डा । गायिका शान्तीश्री परियार र गायक कृष्ण काफ्लेको स्वर रहेको नयाँ गीत ‘धरहरामा बस्यो माया जाल’ सार्वजनिक भएको छ ।  सपना बानियाको शब्द रहेको गीतमा संगीत तथा संगीत संयोजन सुन्दर लामाको छ । 

गीतको भिडियोमा राज टाइगर र शोफीको अभिनय छ । डान्सिङ शैलीको गीतको म्युजिक भिडियो निकै तामझामका साथ निर्माण गरिएको छ । केशवराज भट्टको कोरियोग्राफी, मानकृष्ण महर्जनको छायांकन, पदम सुवेदीको सम्पादन रहेको भिडियो आदित्य बुढाथोकीले निर्देशन गरेका हुन् ।

भिडियो सदीक्षा फिल्मस्ले निर्माण गरेको हो ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech