डाक्टर नवराज प्रधानको शब्द,संगीत र स्वर रहेको नयाँ गित 'ठुली' सार्वजनिक(भिडियोसहित)

फिल्मी फण्डा । डाक्टर नवराज प्रधानको शब्द,संगीत र स्वर रहेको नयाँ गित 'ठुली' सार्वजनिक भएको छ। सोमबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट ठुली बोलको गीत सार्वजनिक भएको हो । 

गीतको म्युजिक अरेन्जमेन्ट चाहिँ कालिप्रसाद बास्कोटाले गरेका छन्। उसो त, गीतको भाव अनुसार भिडियो उत्कृष्ट बनाइएको छ। 

भिडियोमा अभिनेता गौरव पहारी र अभिनेत्री श्रद्धा क्षेत्री फिचर्ड छन्। प्रेमी–प्रेमिकाको भुमिकामा यि दुई भिडियोमा प्रस्तुत छन्।

गौरव र श्रद्धाका अलावा भिडियोमा निर्मल शर्मा, राम बहादुर अधिकारी लगायतका कलाकारहरुलाई पनि देख्न सकिन्छ। भिडियोमा गौतमराज खड्काको कथा अनि निर्देशन रहेको छ। सौरभ लामाले खिचेको भिडियोलाई गौतमराज खड्काले नै सम्पादन गरेका हुन्।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech