फिल्मी फण्डा । ‘चिनो’ फिल्मको सुपर हिट गीत ‘तिम्रो मनमा लुकेको कुरा’को रिमेक भर्सन सार्वजनिक भएको छ । ३३ वर्ष अघि भएको ‘तिम्रो मनमा लुकेको कुरा’ लाई गायक नारायण गोपाल र गायिका आशा भोष्लेले स्वर दिएका थिए भने अहिले रिमेक भर्सनमा गायक शंकर श्रेष्ठ र गायिका अनु चौधरीको स्वर छ ।
गीतको भिडियोमा भुवन केसी, शर्मिला मल्ल, सुरवीर पण्डित, शिशिर भण्डारी, शंकर श्रेष्ठ, अश्विनी शाहीको अभिनय छ ।