‘कल्ली’को ३ पोष्टरमा सौगात, नाजिर, वर्षा र सुलक्षण

फिल्मी फण्डा। फागुनको १ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘कल्ली’को ३ पोस्टर सार्वजनिक गर्दै यसको निर्माणपक्षले प्रचार आरम्भ गरेको छ । किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो फिल्मको पोष्टरमा कलाकारहरुको फरक फरक गेटअप देख्न सकिन्छ ।

महेश दवाडीको लेखन रहेको यो फिल्ममा कथा र निर्देशक लक्ष्मण सुनारको छ । सार्वजनिक पोष्टरमा नायक नाजिर हुसेन र नायिका वर्षा राउतको काखमा बाल कलाकार मञ्जिला बानियाँलाई देख्न सकिन्छ । यस्तै, एक अर्को पोष्टरमा कलाकार सुलक्षण भारतीको भिन्न गेटअप छ । यस्तै, अर्को एक पोष्टरमा नायक सौगात मल्ललाई देख्न सकिन्छ । यसले, फिल्मको कथावस्तुबारे दर्शकको उत्साह अझै बढाउने देखिएको छ ।

यो फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, वर्षा राउत, बेगम नेपाली, बिनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी, सरस्वती खत्री र श्याम मगरको मुख्य भूमिका छ । यस्तै, फिल्ममा उपेश ढकाल, मञ्जिला बानियाँ र समर्पण खतिवडा बाल कलाकारको रुपमा छन् ।

आशिष अविरल, सरित राई, केतन क्षेत्रीको संगीत रहेको यो फिल्ममा एनवी महर्जनको एक्सन, निसाल पौडेलको छायांकन छ । राकेश दाहालले फिल्मको पोस्टर तयार पारेका हुन् । लेकाली इन्टरटेन्मेन्ट प्रा.लि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा यो फिल्म तयार भएको हो । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech