‘जेरी अन टप’ ले कमायो दुई दिन​मा १ करोड​ ५९ लाख​

फिल्मी फण्डा । मेगास्टार अनमोल केसी अभिनीत फिल्म ‘जेरी अन टप’ ले प्रदर्शनको पहिलो दिन दुई दिन​मा १ करोड ५९ लाख​ रुपैयाँको कारोबार गरेको छ।

देशभर पाएको शोमा ७२ प्रतिशत अकुपेन्सी (दर्शक उपस्थिति) कायम गर्दै फिल्मले पहिलो दिनमै बलियो बक्स अफिस कलेक्शन गरेको हो। चलचित्र विकास बोर्डको सिनेपा बक्स अफिस रिपोर्ट अनुसार​ प​हिलो दिन​ सुक्रबार​ ७२ लाख​ ५९ ह​जार​ चार​ स​य​ आठ​ को कारोवार​ ग​रेको हो । य​स्तै दोस्रो दिन​ श​निवार​ ८६ लाख​ ३८ ह​जार​ दुई स​य​ १० रुपैयाँको कारोवार​ ग​रेको छ​ । दुई दिन​मा झ​ण्डै १ करोड​ ५९ लाख​को कारोवार​ ग​रेको फिल्म​ले आईत​वाब​ तेस्रो दिन​ ५८ लाख​को कारोवार​ ग​र्ने अनुमान​ छ​ ।

बक्स अफिस रिपोर्टअनुसार अनमोल केसीको यस फिल्मलाई पहिलो र​ दोस्रो​ दिन दर्शकहरूले राम्रो साथ दिएका छन्। आज​ तेस्रो दिन​ आईत​वार प​नि राम्रै साथ​ फिल्म​ले द​र्श​कको पाएको छ​ ।

यसले फेरि एकपटक प्रमाणित गरेको छ कि अनमोल केसी नेपाली चलचित्र बजारका ‘इनिसियल स्टार’ (प्रारम्भिक दिनमै फिल्म उठाउने क्षमता भएका स्टार) हुन्। यद्यपि, फिल्मको दीर्घकालीन सफलता भने यसको कन्टेन्ट (विषयवस्तु) मा निर्भर रहनेछ।

शुक्रबारबाट रिलिज भएको फिल्मलाई औसत प्रतिक्रिया प्राप्त भएको छ। केही दर्शकहरूले “हेर्दा राम्रो लाग्ने, मनमा न​ब​स्ने” सिनेमाको रूपमा प्रतिक्रिया दिएका छन् भने धेरैले ‘जेरी अन टप’ लाई अनमोल केसीको अहिलेसम्मकै उत्कृष्ट उपहार भएको बताएका छन्।

निर्देशक सुयोग गुरुङ ले उत्कृष्ट प्राविधिक संयोजन सहित फिल्म तयार पारेका छन्। यसअघि पनि उनले फिल्म ‘फर्की फर्की’ मा राम्रो प्रयास गरेका थिए।
‘जेरी अन टप’ मा अनमोल केसीसँगै आँच​ल​ शर्मा, जसिता गुरुङ, केदार घिमिरे, उषा खड्गी र भुवन केसी को पनि महत्वपूर्ण भूमिका रहेको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech