चलचित्र ‘यो मन त मेरो नेपाली हो’ ले बेलायतमा जित्यो उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड; अमेरिकाको फेस्टिभलमा पनि छनौट

फिल्मी फण्डा। बेलायतमा आयोजना भएको 'मिल्टन किन्स इन्टरनेशनल फिल्म फेस्टिभल २०२५' मा नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ ले उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड जितेको छ। चलचित्रलाई सौरभ लामाले खिचेका थिए।

‘यो मन त मेरो नेपाली हो’ का निर्माता तथा निर्देशक मित्र प्रधान (नर) उक्त अवार्ड समारोहमा भाग लिन अमेरिकाबाट बेलायतको मिल्टन किन्स गएका थिए। प्रधानले आफ्नो चलचित्रले बेलायतमा भएको यति ठूलो फेस्टिभलमा उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड पाउँदा धेरै खुसी लागेको बताए। विश्वभरिबाट सयौँ फिल्मले भाग लिएको यस फेस्टिभलमा नेपाली चलचित्रले अवार्ड पाउनु नेपाली फिल्मी क्षेत्रको लागि नै गर्वको कुरा भएको उनले बताए।

यस्तै, अमेरिकाको सन फ्रान्सिस्कोमा आयोजना हुने ‘सान फ्रान्सिस्को ईन्टरनेशनल न्यु कन्सेप्ट फिल्म फेस्टिभल’ मा पनि चलचित्र ‘यो मन त मेरो नेपाली हो’ छानिएको जानकारी कलाकार तथा निर्माता ज्ञान बहादुर प्रधान (रोशन)ले दिएका छन्।

पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको यस चलचित्रलाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन्। चलचित्रमा विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई, आयुशा समाल, बुद्धि तामाङ, नारायण खाती, भुपेन्द्र लिङ्देन “मन्त्री” लगायतको अभिनय रहेको छ।

मित्र प्रधान (नर) को निर्देशन रहेको यस चलचित्रमा शिवम् अधिकारीको लेखन रहेको छ। यसमा सौरभ लामाको छायाङ्कन, देव महर्जनको द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, बनिश शाहको सम्पादन तथा सिजिआई सत्यम राना रहेको छ।

चलचित्रमा दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको संगीत रहेको छ भने दिपक शर्मा, विल्सन विक्रम राई, शंकर अधिकारी 'घायल'को शब्द तथा खैजडी गीतमा अनिश अधिकारीको शब्द संकलन रहेको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech