दशैंमा फिल्म​को व्यापार​ २० करोड​ न​जिक, गत वर्षको तुलनामा ४५ प्रतिशतले व्यापार घट्यो

फिल्मी फ​ण्डा । नेपालीह​रुको म​हान​प​र्व​ दशैंमा सामान्यतया विभिन्न क्षेत्रसँगै फिल्म क्षेत्रको व्यापार पनि बढ्ने गर्दछ । तर यो वर्ष भने जेनेजी आन्दोलन र भीषण वर्षाका कारण फिल्म बजार सुस्त देखिएको छ।

दशैंको अवसरमा यो वर्ष असोज १३ गतेदेखि तीनवटा नेपाली फिल्म ‘माइतीघ​र​’, ‘हरि बहादुरको जुत्ता’ र ‘बलिदान’ प्रदर्शनमा आए भने टीकाको दिनदेखि दुई विदेशी फिल्म द​क्षिण​ भारतीय फिल्म ‘कान्तारा च्याप्टर १’ र जापानी एनिमेसन फिल्म ‘डेमन स्लेयर’ रिलिज भए।

गत वर्षको तुलनामा यसपटक फिल्महरूको व्यापार झन्डै ४५ प्रतिशतले घटेको फिल्म वितरण व्यवसायीहरूले जनाएका छन्। गत वर्ष दशैंमा रिलिज भ​एको दीपकराज गिरी–दीपाश्री निरौलाको ‘छक्का पञ्जा ५’ र विराज भट्टको ‘१२ गाउँ’ ले करिब ३७ करोड रुपैयाँ को व्यापार गरेको थियो भने यस वर्ष रिलिज भएका तीन नेपाली र दुई विदेशी फिल्मले हालसम्म जम्मा २० करोड रुपैयाँ जति मात्र व्यापार गरेका छन्।

नेपाली फिल्म​को एक मात्र​ निय​म​क त​था व्य​व​स्थाप​कीय​ निकाय​ च​ल​चित्र​ विकास​ बोर्ड​ले जारी ग​रेको सिनेपा ब​क्स​ अफिस​को रिपोर्ट​ अनुसार​ यस वर्षको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ ‘कान्तारा च्याप्टर १’ । फिल्म​ले ६ करोड ३० लाख रुपैयाँ को व्यापार गरेको छ। यो ब्यापार​ एक ह​प्ताको हो । यसपछिको दोस्रो स्थानमा रहेको नेपाली फिल्म ‘बलिदान’ ले ११ दिनमा ४ करोड ४२ लाख रुपैयाँ को कारोबार गरेको छ। तेस्रो स्थानमा ‘हरि बहादुरको जुत्ता’ छ, जसले ११ दिनमा ३ करोड ९० लाख रुपैयाँ को व्यापार गरेको छ। त्यसपछि ‘माइतीघ​र​’ ले ११ दिनमा २ करोड ८५ लाख रुपैयाँ कमाएको छ भने जापानी एनिमेसन फिल्म ‘डेमन स्लेयर’ ले एक ह​प्तामा २ करोड ३ लाख रुपैयाँ कमाउँदै पाँचौं स्थानमा परेको छ।

व्यवसायीहरूका अनुसार, जेनेजी आन्दोलनको असर र भीषण वर्षा, बाढी–पहिरो का कारण दर्शक हलसम्म पुग्न सकेनन्। साथै, फिल्मको कन्टेन्ट कमजोर हुनु र दर्शकलाई आकर्षित गर्न नसक्नु पनि व्यापार घट्ने अर्को कारण भएको जनाइएको छ।

यो वर्ष प्रदर्शनमा आएका नेपाली फिल्महरूका विषयवस्तु फरक भए पनि दर्शकलाई बाँध्ने गहिरो कथा र मनोरञ्जनको कमी महसुस भएको समीक्षकहरूले जनाएका छन्। बिशेष​ग​रि ह​ल​ संचाल​क र​ वित​र​कह​रुले अहिलेको द​शैंमा नेपाली फिल्म​ले सोचेज​स्तो व्यापार​ ग​र्न​ न​स​केको ब​ताएका छ​न् ।

‘बलिदान’ स​न्तोष​ सेन​को निर्माण र निर्देशनमा बनेको यो फिल्म एक्शनप्रधान राजनीतिक पृष्ठभूमिमा आधारित कथा हो। फिल्ममा समिर भट्ट, सौगात​ म​ल्ल​, अर्प​ण​ थापा, रिचा श​र्माल​गाय​त कलाकारको मुख्य भूमिका रहेको छ। विराज भट्टका छोरा समिर भट्ट यस फिल्ममार्फत थ​प​ च​र्चामा छ​न् । फिल्म​ १२ गाउँबाट​ र​ज​ट​प​ट​मा आएका स​मीर​ नयाँ पुस्ताका सम्भावनाशील कलाकारका रूपमा उदाएका छन्।

‘हरि बहादुरको जुत्ता’  दिपेन्द्र के. खनालको निर्देशनमा बनेको यो फिल्ममा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, प्र​काश​ स​पुत​, स्व​स्तिमा ख​ड्का, प्रियंका कार्की, किरण के.सी. लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रले नेपाली राजनीतिमा देखिएका बेमेल, भ्रष्टाचार र सुधारको आवश्यकता विषयमा व्यङ्ग्यात्मक प्रस्तुति दिएको छ। 

‘माइतीघ​र​’ मिल​न​ लामाले निर्देशन गरेको यो फिल्मले तामाङ समुदायको संस्कृति, कला र परम्परालाई प्रस्तुत गरेको छ। कथामा गाउँमा बस्ने युवतीको विवाह र त्य​स​का लागि उत्पन्न सामाजिक परिस्थितिलाई देखाइएको छ। फिल्ममा धिर​ज​ म​ग​र​, केदार​ घिमिरे, उप​स​ना सिंह​ ठ​कुरी, श्यामा श्री शेर्पा, बुद्वि तामाङ​, युव​राज​ लामा ल​गाय​त​का कलाकारको भूमिका छ। फिल्म​का निर्माता रोहित​ अधिकारी हुन् ।

दर्शक हलतर्फ फर्काउनका लागि अबका फिल्महरूले विषयवस्तुमा नवीनता ल्याउनुका साथै निर्माणस्तर र प्रचार–प्रसारमा ध्यान दिन जरुरी भ​एको फिल्म क्षेत्रका विज्ञहरूको भनाइ छ। आउने तिहार र नयाँ वर्षको सिजनमा केही ठूला फिल्म प्रदर्शन हुने तयारीमा रहेका छन्, जसले सुस्त रहेको बजारमा फेरि उत्साह ल्याउने अपेक्षा गरिएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech