आसन्न तमु ल्होसारको अवसरमा नेपाली चलचित्र 'ऊनको स्वीटर'को नयाँ गीत 'मखमली' सार्वजनिक

फिल्मी फण्डा । आसन्न तमु ल्होसारको अवसरमा नेपाली चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ। बिहीबार सार्वजनिक गरिएको यस गीतमा लोक सङ्गीतको प्रसिद्ध ‘कौडा/चुट्का’ भाका प्रयोग गरिएको छ, जुन नेपाली लोक संगीतको एक महत्वपूर्ण विधा हो। यस भाकामा जीवनका विभिन्न भावनाहरू—प्रेम, वियोग, हास्यव्यङ्ग्य, व्यथा र सामाजिक परिवेशलाई सरल र सहज ढंगले प्रस्तुत गरिन्छ।

‘मखमली’ गीतले चलचित्रका अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरबीचको अव्यक्त प्रेमलाई व्यक्त गरेको छ। गण्डक क्षेत्रमा प्रचलित यो भाका चलचित्रमा पूर्वी नेपालको पाँचथरको सांस्कृतिक पृष्ठभूमिमा मिसाइएको छ। चलचित्रको छायांकन पनि पाँचथर र नेपाल-भारत सिमाना फालेलुङमा गरिएको हो।


यस गीतमा सुजन चापागाईँ र सुनिता थेगिमको स्वर रहेको छ। हर्क साउदको शब्द रचना र गायक चापागाईँकै सङ्गीत रहेको यस गीतका सङ्गीत निर्माता कोविद बज्र हुन्। दीप गुरुङले कोरियोग्राफी गरेको गीतको भिडियोमा अभिनेता विल्सन बिक्रम राईलाई रोचक भूमिकामा प्रस्तुत गरिएको छ।२०८२ सालको वैशाख २६ गते रिलिज हुने ‘ऊनको स्वीटर’ चलचित्रमा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगर लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ।

नवीन चौहानको निर्देशनमा बनेको ‘ऊनको स्वीटर’ आर्टमाण्डू प्रा.लि. द्वारा निर्मित पहिलो फिचर चलचित्र हो। आर्टमाण्डूले यसअघि 'घुमी घुमी', 'देखेर तिमीलाई – तीन पाते', 'फूलथुङ्गे रानी', र 'चन्द्रमा' जस्ता म्युजिकल चलचित्रहरू निर्माण गरेको थियो। 'ऊनको स्वीटर' भने चौहानको पहिलो फिचर फिल्म हो। यस चलचित्रको लेखनमा सुरज कटुवालको सहकार्य छ।

चलचित्रका सङ्गीत निर्देशक सुजन चापागाईँ हुन्, र सङ्गीत निर्माण तथा ब्याकग्राउण्ड म्युजिक कोविद बज्रले गरेका छन्। गीतका रचनाकारहरू हर्क साउद र युवराज काफ्ले हुन् भने सङ्गीतकारहरू सुजन चापागाईँ र झुमा लिम्बु हुन्। गीतमा सुजन चापागाईँ, झुमा लिम्बु, सुनिता थेगीम र सलिना बि.क. का स्वर रहेका छन्।

कोरियोग्राफरहरूको रूपमा रोशन बि.क. र दीप गुरुङ रहेका छन्, जबकि सिनेमाटोग्राफी चिन्तन राजभण्डारी र सम्पादन कृष्ण भण्डारीले गरेका छन्।

चलचित्रको एशोसियट निर्माता केन्द्र मोशन पिक्चर्स हो भने सह-निर्माताहरूमा साहाङ्ग चेम्जोङ, आशिष रिजाल, राजकुमार राई, प्रकाश बस्नेत र सन्तोष न्यौपाने रहेका छन्। कार्यकारी निर्मातामा सागर बुढाथोकी र मिलन खत्री छन्।

पोस्टर र पब्लिसिटी डिजाइन रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) ले गरेका छन्, जबकि सोसल मिडिया व्यवस्थापनमा प्रकाश क्षेत्री, विवेक खकुरेल र ज्ञानु सङ्गम खड्का संलग्न छन्। चलचित्रको वितरण काफिया फिल्म्स प्रा.लि. र कुबेर सिने डिस्ट्रीब्युसनले गर्नेछन्।

मुख्य सहायक निर्देशक फिरोज खड्का, लाइन प्रोड्युसर फुङ्सो जबेगु, र स्थानीय सहजकर्ता प्रज्वल बास्कोटा रहेका छन्। प्रोडक्सन डिजाइन काजी राना र गुणराज देवानले गरेका छन्। मेकअप आर्टिस्ट आयाज शेख, कस्ट्युम डिजाइनर सुजन परियार, हेयर स्टाइलिस्ट सुशीला साम्बा, र एक्टिङ तथा कास्टिङ निर्देशक सुरज तमू छन्।

‘ऊनको स्वीटर’ चलचित्र नेपाली प्रेम र संस्कृति मिश्रणमा आधारित एक आकर्षक चलचित्र हुने अपेक्षा गरिएको छ। यसको कथा र संगीतले दर्शकलाई एक नयाँ अनुभव दिने विश्वास गरिएको छ।

 


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech