फिल्मी फण्डा । अगामी कार्तिक २२ देखी रिलीजको तयारीमा रहेको चलचित्र फिरफिरेको पहिलो गित फिरफिरे फिरिरी सार्वजनिक गरिएको छ । प्रशान्त शिवाकोटी शब्द संगित रहेको गितमा भरत अधिकारी , प्रशान्त शिवाकोटी , टिकाराम श्रेष्ठ रोशन फुयलको स्वर रहेको छ । यो कमेडी जनरामा बनेको हो चलचित्र हो । सन्दिप श्रेष्ठ र नबिन भट्टको लेखन रहेको चलचित्र ‘फिरफिरे फिरिरी’ ले दर्शकलाई पूर्ण मनोरंजन प्रदान गर्नेमा निर्माण टिम ढुक्क देखिएको छ।
चलचित्रालाई मनोज कुमार अधिकारी ले निर्माण गरेका हुन् । चलचित्रको लेखक सन्दीप श्रेष्ठ र नब्बिन भट्ट रहेका छन् । चलचित्रलाई नब्बिन भट्ट ले निर्देशन गरेका हुन् । चलचित्रको सम्पादक र रंगकार अनन्त घिमिरे रहेका छन् । बिन्ध्यवासिनी क्रिएसन प्रालि प्रोडक्सन को ब्यारमा चलचित्र बन्न लगेको हो । भिडियो लाई केशवराज भट्ट ले कोरियोग्राफी गरेका हुन् ।
यस चलचित्रमा मनोज कुमार अधिकारी,सन्दिप श्रेष्ठ, भावना उप्रेती,शंकर सेढाई, पिटर प्रिन्स, रबिना केसी,पुष्प अवस्थी,सूर्यमान लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ। संगीत संयोजन बिशम आचार्य रहेको छ । मिक्सिङ र मास्टरिङकिशोर थापाले गरेका हुन् । रेकर्डिस्ट राजेश श्रेष्ठ रहेका छन् । ए वान स्टुडियोमा गित रेर्कड भएको हो । चलचित्रको डिजिटल अधिकार म्युजिक नेपालले लिएको छ चलचित्रमा जितु तामाङको छायांकन,रोशन दास,प्रकाश दाहाल र अग्नि सुबेदीको सहायक निर्देशन रहेको छ ।
https://youtu.be/4iQ__Mni4YA?si=NrbVdqsKyq6rl0eN