१६ बर्षपछी पर्दामा निरुता सिंह र उत्तम प्रधानको जोडी ( भिडियो सहित )

फिल्मी फण्डा ।अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधानको जोडी नेपाली चलचित्र क्षेत्रमा सुपरहिट जोडी हो। सफल चलचित्रमा अभिनय गरेको यो जोडी १६ बर्ष पछि संगै देखिएका छन्। उत्तम र निरुताले ‘यो जुनी यस्तै भो’ मा संगै अभिनय गरेका छन्।

रचनाकार बबी लिम्बूले आफ्नो स्वर्गीय श्रीमान प्रति समर्पित गरेर कोरेका शब्दमा हरि लम्सालको संगीत र केशब भावुकको स्वर रहेको छ। कर्णप्रिय अडियोको भिडियो निकै भावुक बनेको छ।

मिराज अर्यालले निर्देशन गरेको भिडियोमा उत्तम र निरुताको साथमा यसोधा रुचाल र आलोक अर्यालको अभिनय रहेको छ ।

https://youtu.be/UJB3XHWOMrY?si=UEZS-vWtYIGsdUSS

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech