दीपक बराईलीको गीत 'च्वाप्प मोई खाउँला' सार्वजनिक (भिडियासहित)

फिल्मी फण्डा । गायक दीपक बराईलीको स्वरमा रहेको गीत 'च्वाप्प मोई खाउँला' सार्वजनिक गरिएको छ । फराज अर्पणको शब्द संगीत र एरेञ्जमा तयार भएको गीत सोमवार सार्वजनिक गरिएको हो ।
shirsha and bikash.JPG
 
ओएसआर डिजिटलबाट सार्वजनिक भएको गीतमा बिकास लामिछाने र श्रीसा कुँवरको अभिनय रहेको छ । रोमान्टिक लभस्टोरीमा तयार पारेको गीतमा विजेश्वर तण्डुकारको मिक्सिङ छ ।

यस्तै गीतमा विभोर पोखरेलको सम्पादन, नहकुल खड्काको कलर ग्रेडिङ र बिशाल थापाको सिनमाटोग्राफी रहेको छ ।
 
दीपक बराईलीले आफ्नो गायकीमा 'म बाट', 'शराबको सारै राम्रो', 'सुख दुःख', 'इशारा देऊ', 'तिम्रो लागि', 'आँशु दिने'लगायत दर्जन बढि गीत बजारमा ल्याईसकेका छन् ।

दीपक बराईलीको सबै गीतको भिडियो पनि सार्वजनिक भइसकेको छ भने अधिकांश गीतमा उनी आफै मोडलको रुपमा देखिएका थिए ।  
गीतको भिडियो :

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech