भ्वाइस अफ किड्स सिजन ३ की फाइनलिस्ट द्वितिका प्रधानले गरिन् गित रेकर्डिङ

फिल्मी फण्डा । भ्वाइस अफ किड्स सिजन ३ कि फाइनलिस्ट  द्वितिका प्रधानले गित रेकर्डिङ सम्पन्न गरेकी छिन । उनले नक्साल स्थित अकोस्टिक स्टुडियोमा गित रेकर्डिङ गरेकी हुन् ।  सो गितको शब्द केवल तामाङको रहेको छ भने गितमा सङ्गीत ताराप्रकाश लिम्बूले भरेका छन् ।  द्वितिका प्रधान अहिले नौ वर्षको भइन । उनी वेस्ट सिक्किमको सोमबारिया स्थित उड्स्टक हाई सुकुलमा कक्षा ५ मा पढ्दै छिन ।

उनले यो कलिलै उमेरमा  सांगीतिक क्षेत्रका धेरै भन्दा धेरै रियालिटी शोमा विभिन्न खाले उपाधी जिति सकेकी छिन् । उनले २०२१ मा सिक्किम गट ट्यालेन्टमा क्वाटर फाइनल, २०२२ को सिक्किम आइडलको टप १२, २०२३ मा सिक्किम मिनि मोडेल सिजन २ को विजेता, त्यस्तै २०२४ को भ्वाइस अफ किड्सको फाइनलिस्ट बन्न सफल भएकी छिन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech