आँचल अभिनित फिल्म ‘वर एण्ड वधु’को नयाँ गीत 'सिरी सिरी हावा' सार्वजनिक

फिल्मी फण्डा । मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘वर एण्ड वधु’को नयाँ गीत सार्वजनिक गरिएको छ । बिहीवार 'सिरी सिरी हावा' बोलको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

यही भदौको १४ गतेबाट प्रदर्शन हुने यो फिल्मको सार्वजनिक गीतमा सुगम पोख्रेल र नेहा करोदेको स्वर, नरेश भट्टराईको शब्द र युग भुसालको संगीत समावेश छ । यो गीतको भिडियोमा यो फिल्मका मुख्य कलाकार अभिनेत्री आँचल शर्मा र नवअभिनेता विवेक कर्माचार्य फिचरिङछन् । 

नेपाल र रोमानियाको लोकेशनमा छायांकन गरिएको यो फिल्म गीत उच्च क्यानभास देखाइएको छ । जानुका थापाको लगानी रहेको यो फिल्ममा अमित रिजाल कार्यकारी निर्माता रहेका छन् ।

सुदिप बरालको डीओपी रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, हिमाल केसीको एक्सन, प्रदीप भारद्वाजको लेखन, रविन्द्र न्यौपाने र अनिस स्याङ्देनको कोरियोग्राफी, सन्तोष लामाको कला निर्देशन, अर्जुन पोखरेलको संगीत छ ।

यो फिल्ममा आँचल शर्मा, विवेक कर्माचार्य, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अंशु महर्जन र सिता न्यौपानेको अभिनय छ ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech