फिल्मी फण्डा । चलचित्र पत्रकार संघ नेपालको २३औं साधारण सभाबाट अध्यक्षमा समीर बलामी निर्वाचित भएका छन् । बलामी ८३ मत ल्याएर निर्वाचित भएका हुन् । उनको प्रत्यासी पत्रकार राजन घिमिरेले ६६ मत प्राप्त गरेका थिए ।

कार्यसमितिको सह-कोषाध्यक्षमा मनिष अन्जान र मोहमद जालीम समावेशी सदस्यमा निर्विरोध छानिए ।
यस्तै, महिला उपाध्यक्षमा सुरक्षा भट्टराई, उपाध्यक्ष (कार्यक्रम) मा कुवेर गिरी, उपाध्यक्ष संगठनमा बिजय सुवेदी, महासचिवमा रघुनाथ सापकोटा, सचिवमा नवीन गिरी, कोषाध्यक्षमा मनिष कार्की, समावेशी सचिवमा उद्धव रसाइली निर्वाचित भएका छन् ।
यस्तै कार्यसमिति सदस्यमा महिलातर्फा सुष्मा कार्की संगै खुल्ला तर्फ कृष्ण पाण्डे, अनुप भट्टराई, निशा बजगाई, अर्जुन गुरागाईं, सिपी जैसी, सुरेन्द्र थापा चुनिए ।