काठमाडौं । विपना थापा र वर्षा राउतको मुख्य भूमिका रहने फिल्म ‘बाकस’को शुभमुहूर्त सम्पन्न भएको छ। ललितपुरस्थित बगलामुखी मन्दिरमा पूजाआजा गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो।
शुभमुहूर्तमा विपना थापा, वर्षा राउत, महेश त्रिपाठी, भोलाराज सापकोटा, सुपला सापकोटा, ध्रुव कोइराला, पुष्कर राउत र विक्रम बुढाथोकीलगायतको उपस्थिति थियो।
नवीन पन्तको लेखन तथा निर्देशनमा बन्ने फिल्ममा विपना थापा, वर्षा राउत, महेश त्रिपाठी, भोलाराज सापकोटा, हिउबाला गौतम, ध्रुव गौतम, पुष्कर राउत, विक्रम बुढाथोकी, रोहित श्रेष्ठ र विमल यादवको अभिनय रहनेछ। बाल कलाकार सुपला सापकोटा, सनज चौलागाईं, अविरल चौलागाईं, रेखा भण्डारी र सगुन खड्कालगायत पनि फिल्ममा देखिनेछन्।
यसै फिल्ममार्फत अभिनेता भोलाराज सापकोटा र उनकी छोरी सुपला सापकोटाले पहिलोपटक एकसाथ स्क्रिन सेयर गर्ने भएका छन्।
सुजिता चौलागाईं निर्माता रहेको फिल्ममा राजन सिंह केसी र छत्रबहादुर खड्का सहनिर्माताका रूपमा छन्। धिरेन्द्र पन्त कार्यकारी निर्माता रहेको फिल्ममा महेश पौडेलको छायांकन रहनेछ।
फिल्ममा मणि तामाङ मुख्य सहायक निर्देशक तथा सावन शर्मा, सिर्जना भुजेल र मनिष चौलागाईं सहायक निर्देशकका रूपमा छन्। द्वन्द्व निर्देशन किरण दाहाल र शृंगार उर्मिला लामाको रहनेछ। संगीतको जिम्मेवारी दीपक शर्मा र सनम पुरुष राईले सम्हाल्नेछन् भने कोरियोग्राफी सियोन श्रेष्ठले गर्नेछन्।
आईडलले पोस्टर डिजाइन गर्ने फिल्ममा निर्मल न्यौपाने प्रोडक्सन म्यानेजर तथा ज्योति केसी र निराजन घिमिरे कस्ट्युम डिजाइनरका रूपमा छन्।
पीके इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन दशैंलगत्तै सुरु हुने निर्माण पक्षले जनाएको छ।