दुबई र कतारलगायत देशका ५० बढी हलमा ‘छक्का पन्जा ४’ रिलिज हुँदै

फिल्मी फण्डा ।  घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको फिल्म ‘छक्कापञ्जा ४’ मध्यपूर्वका  देशमा भोलि देखि लाग्ने भएको छ | 

5B729B31-C15E-41D8-911D-09E8DC86AB45.jpeg

मध्यपूर्वका ५० भन्दा बढी पर्दामा रिलिज हुने ‘छक्कापञ्जा ४’ त्यहाँको वितरण कम्पनी नेपफिल्म्सले यूएई, कतार, ओमान र बहराइनमा रिलिज गर्ने भएको हो । साउदी अरेबिया र कुबेतमा भने  प्रदर्शन मिति तय भइनसकेको वितरक रमेश ढकाले जनाएका छन ।

मध्यपूर्वमा नेपाली फिल्मको वितरण गर्दै आएका रमेश ढकालले सम्बन्धित मुलुकको प्रक्रिया अनुसार फिल्म वितरण गरिरहेको बताउदै चलचित्र छक्का पन्जा ४ पर्दशनी हुने भएकोले प्रचारप्रसारलाई तिब्र बनाइएको बताएका छ्न | ढकालले अहिले डिजीटल माध्यामलाई प्रयोग  गर्दै सामाजिक सञ्जालका पृष्ठमा  र बिभिन्न समूह बनाएर नेपालीहरु धेरै बस्ने स्थान, क्याम्प तथा नेपालीहरुले संचालन गरिएको   रेस्टुरेन्ट ट्रावल लगाएत ठाउँमा स्थलगत पुगेर पोस्टर ब्यानर बनाएर प्रचारप्रसार गरिरहेका छन ।

रोजगारीको सिलसिलामा मध्यपूर्वमा रहेका नेपाली चलचित्र प्रेमीलाई लक्षित गर्दै मध्यपूर्वका देशका  मुख्य-मुख्य शहरका बिभिन्न पाच दर्जन पर्दामा नेपाली कथानक चलचित्र ‘छक्का पन्जा ४ ’ एकैसाथ भोलि देखि  प्रदर्शन हुने भएको हो | मध्यपुर्बका देशमा अनुमानित  २० लाख भन्दा धेरै नेपालि रहेका छन | 

गैरआवासीय नेपाली सोसल क्लब (एनसीसी) ओमान लगायत बिभिन्न देशका रहेका एनआरएनले   चलचित्र प्रवर्द्धनमा सहयोग गर्ने भएको हो |‘छक्कापञ्जा ४’  नेपालमा भने फागुन १९ गते देखि अपार भीडका साथ  प्रदर्शन भइरहेको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech