‘कबड्डी–५’को ट्रेलरमा काजीको नयाँ अवतार

 

बहुप्रतीक्षित फिल्म ‘कबड्डी–५’को ट्रेलर सार्वजनिक भएको छ। कात्तिक ५ गते रिलिज हुने फिल्मको ट्रेलर आज एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।

ट्रेलरमा प्रेममा पटक–पटक असफल भएका काजी यसपटक आत्ममूल्यांकन गर्दै आफूलाई परिवर्तन गर्ने प्रयासमा रहेको देखिन्छ। विगतका एकतर्फी प्रेमका पात्र मैयाँहरूसँगको भेट र नयाँ सोल्टिनीको

प्रवेशले कथालाई थप रोचक बनाएको छ।

सार्वजनिक ट्रेलरमा प्रेम र सुखको चाहनामा पटक–पटक असफल हुँदै आएका काजी यसपटक भने आत्ममूल्यांकन गर्दै परिवर्तनको बाटोमा अघि बढेको देखाइएको छ।

रामबाबु गुरुङ निर्देशित फिल्मले अघिल्ला शृङ्खलाको मनोरञ्जनात्मक शैलीलाई निरन्तरता दिने संकेत ट्रेलरले गरेको छ। फिल्ममा विपिन कार्कीको प्रवेशले कथामा नयाँ मोड र रोमाञ्चकता थप्ने अपेक्षा गरिएको छ।

फिल्ममा दयाहाङ राई, विपिन कार्की, विजय बराल, बुद्धि तामाङ, सिर्जना गुरुङ, मिरुना मगर, रिश्मा गुरुङ, पुष्कर गुरुङ, कविता आले, शिशिर वाङ्देल, अरुणा कार्की र कमलमणि नेपाललगायत कलाकारको अभिनय छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech