सागर ज्ञवालीको निर्देशनमा ‘रुँदै रुँदै नौतुना रेल माथि’

फिल्मी फण्डा । ‘रुँदै रुँदै नौतुना रेल माथि’ बोलको नयाँ गीत भिडियो सार्वजनिक भएको छ।

सार्वजनिक ‘रुँदै रुँदै नौतुना रेल माथि’ बोलको गीतमा गायक रुपेश न्यौपाने र गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ । गीतमा शब्द तथा सङ्गीत गायक रुपेश न्यौपाने कै रहेको छ, भने गीतमा श्याम श्वेत रसाइलीले सङ्गीत संयोजन रहेको छ।

rudai rudai song.jpg

सागर ज्ञवालीले निर्देशन गरेको भिडियोमा आसिर प्रताप जंग र अश्विनी शाही फिचर्ड छन्। गीतको अडियो अनुसार भिडियो उत्कृष्ट बनेको छ। निर्देशक ज्ञवालीले भिडियो निर्देशनमा आफूलाई अब्बल साबित गरेका छन्। नारायण जिसीले छायाङ्कन गरेको भिडियोको सम्पादन अमृत चापागाईँको रहेको छ। भिडियोको कोरियोग्राफी प्रख्यात घिमिरेको रहेको छ। भिडियो गायक रुपेश न्यौपानेको आफ्नै च्यानल मार्फत सार्वजनिक गरिएको छ।            
    

  
   


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech