विराज र समीरको एक्सनले भरियो ‘१२ गाउँ २’को ट्रेलर

एक्सनप्रधान फिल्म ‘१२ गाउँ २’को ट्रेलर सार्वजनिक भएको छ। विराज भट्टको निर्देशनमा तयार फिल्मको ट्रेलरमा विराज र उनका छोरा समीर भट्टका दमदार एक्सन दृश्य समेटिएका छन्।

समीरको सिक्स प्याक शरीर र खलपात्रका रूपमा देखिएका अनुपविक्रम शाहीको फरक अवतार ट्रेलरका आकर्षण हुन्। ट्रेलरमा विराज र समीरका एक्सन दृश्यलाई विशेष प्राथमिकता दिइएको छ। यसले फिल्मप्रति दर्शकको कौतूहलता बढाउने निर्माण टिमको विश्वास छ।

फिल्ममा विराज, समीर, अनुपविक्रम, प्रकाश शाह, खुशी कार्की, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, नेहा राज्यलक्ष्मी शाह, पूर्णबहादुर गन्धर्व, साहिल सिंह ठकुरी र अर्जुन आचार्यलगायत कलाकारको अभिनय छ। वर्षा इटानी र काफिया शाही ‘कृशु’ले यही फिल्मबाट डेब्यू गर्दैछन्।

सरस्वती भट्ट निर्माता रहेको फिल्मको लेखन सन्तोष सरकारले गरेका हुन्। बन्दे प्रसादको सम्पादन तथा स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्मको डीओपी महेश पौडेल हुन्। काफिया फिल्म्सले फिल्मको प्रदर्शन तथा वितरण अधिकार लिएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech