‘एक भगवत् गीता’को नाममा ड्यास् थपिने, आजै सेन्सर सिफारिस पाउने

फिल्मी फण्डा । धार्मिक संघ सस्थाहरुले फिल्मको नाम परिवर्तन गर्न माग गर्दै विवादमा रहेको फिल्म 'एक भगवत् गीता'ले आज सेन्सर सिफारिस पाउने भएको छ ।  

फिल्मका निर्माण टिमले फिल्मको नाममा बिचमा ड्यास् राख्ने बताएपछी धार्मिक संघ संस्थाहरु सहमतिमा आएका हुन । अब फिल्मको नाम 'एक भगवत्-गीता' रहने भएको छ ।  

आजै फिल्मले चलचित्र विकास बोर्डबाट जाँच पासका लागि सिफारिस पाउने भएको छ । धार्मिक सस्थाहरुले चलचित्र बिकास बोर्डमा फिल्मको नाम परिवर्तनका लागि निवेदन दिएका थिए ।  

बोर्डले नाम फेर्न लगाउन र जाँच पाँच सिफारिस रोक्ने बोर्डसँग अधिकार नरहेको बताएपछी धार्मिक संघ संस्था संचार मन्त्रालय पुगेको थियो । मन्त्रालयबाट सो बिषयमा छलफल गरी समस्या समाधान गरिदिन भन्दै बोर्डलाई पत्र पठाएको थियो ।  त्यसपछी बोर्डले फिल्मका टिम र धार्मिक संघ संस्थाहरु दुबै पक्षलाई छलफल गराएको थियो ।  

पाँचदिनसम्म सहमति हुन सकेन । निर्माण टिम आँफैले फिल्मको नाममा बिचमा ड्यास् राख्ने निर्णय गर्दै सच्याउन बोर्डमा निवेदन दिए । यो कुरा धार्मिक सस्थाहरुले थाहा पाएपछी सहमतीमा आएका थिए । दुबै पक्षले सहमती गरेपछी आज बोर्डले जाँच पास सिफारिस दिन लागेको हो ।  

सुहाना इन्टरटेन्ट्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई झरना थापाले निर्देशन गरेका हुन । फिल्ममा बिपिन कार्की, सुहाना थापा, धीरज मगरलगायतको मुख्य भूमिका रहेको छ ।  फिल्म यही भाद्र २९ गतेबाट विश्वभर रिलिज हुँदैछ ।  


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech