‘द रेड सुटेकस’ को टिजर सार्वजनिक

काठमाडौँ । फिडेल देवकोटा निर्देशित फिल्म ‘द रेड सुटेकस’ को टिजर सार्वजनिक भएको छ । बिहीबार फिल्मको  क्लिपसँगै पोस्टर सार्वजनिक गरिएको हो । 

फिडेलकै लेखन रहेको फिल्ममा नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट ट्रकमा सामान लिएर सुदूर गाउँमा जाने चालकको रहस्यमय कथा प्रस्तुत गरिएको छ । भेनिस फिल्म फेस्टिभलको होराजेन्टे विधामा प्रतिस्पर्धामा रहेको ‘द रेड सुटेकस’ को आज वर्ल्ड प्रिमियर हुँदै छ ।

 फिल्म आइसफल प्रडक्सनका लागि रामकृष्ण पोखरेल र शोभा थापाले निर्माण गरेका हुन् । श्रीलंकाका निर्माता विमुक्ति जयसुन्दरा फिल्मको सहनिर्माण गरेका हुन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech