‘परदेशी २’ असोज २६ र ‘भष्मे डन’ कात्तिक ४ मा आउने

काठमाडौं–  ‘परदेशी २’ र ‘पशुपतिप्रसाद २ः भष्मे डन’ले रिलिज मिति हेरफेर गरेका छन् । आगामी कात्तिक ३ गतेलाई एकै दिन रिलिज मिति घोषणा गरेका यी दुई फिल्म अब नजुध्ने भएका छन् ।

‘परदेशी २’ को निर्माण कम्पनी नारायण इन्टरनेसनल प्रालिका तर्फबाट नारायाण रायमाझी र ‘भष्मे डन’को निर्माण कम्पनी टुकी आर्ट्सका तर्फबाट खगेन्द्र लामिछानेले दुई फिल्मलाई अलग–अलग मितिमा प्रदर्शनमा ल्याउने सहमतिमा हस्ताक्षर गरेका छन् ।

जसअनुसार नारायण रायमाझी निर्देशित परदेशी २ घटस्थापनाको दुई दिनअघि असोज २६ रिलिज हुनेछ भने दीपेन्द्र के खनालले निर्देशन गरेको भष्मे डन कात्तिक ४ गते फूलपातीको दिनबाट प्रदर्शनमा आउनेछ ।

सहमतिपछि दुवैतर्फका निर्माताहरुले विज्ञप्ति जारी गरेका छन । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech