फिल्म ‘द रेड सुटकेस’को टिजर सार्वजनिक(भिडियोसहित)

काठमाडौं–  फिल्म ‘द रेड सुटकेस’को टिजर सार्वजनिक भएको छ ।  भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर हुनुअघि नै सौगात मल्ल स्टारर ‘द रेड सुटकेस’को महत्वपूर्ण दृश्य सार्वजनिक भएको हो।  दुई मिनेट लामो क्लिपलाई प्रतिष्ठित भेराइटी म्यागजिनले बाहिर ल्याएको छ ।

फिडेल देवकोटा निर्देशित फिल्ममा प्रवीण खतिवडा, सोनम लामा, अञ्जु देउजा र बी विश्वकर्माको पनि अभिनय छ ।

भेनिसको होराइजन्स विधामा छनोट भएको यो फिल्मको विश्व प्रिमियर नेपाली समयानुसार शुक्रबार बेलुका ६ बजे हुँदैछ । रेडकार्पेट समारोहमा सहभागी हुन सौगातसहित विपिन कार्की, सृष्टि श्रेष्ठ र निर्माता रामकृष्ण पोखरेल र शोभा थापा इटाली लागेका छन् ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech