‘पार्वती’का दुई पोस्टर सार्वजनिक, माघ १ मा प्रदर्शन

फिल्मी फण्डा।  रक्षा बन्धनको अवसरमा निता फिल्म्सको प्रस्तुति नेपाली फिल्म ‘पार्वती’का दुई फरक मूडका पोस्टर सार्वजनिक भएका छन्। नायिका निता ढुंगाना अधिकारीको निर्देशनमा बन्ने यो फिल्म माघ १ गतेदेखि प्रदर्शनमा आउनेछ।

पहिलो पोस्टरमा ‘पार्वती’ पहेँलो छातामुनि, सिठी र पानीको बोतल बोकेर गम्भीर मुद्रामा देखिएकी छन् भने दोस्रोमा गाउँले पोशाकमा हल्का मुस्कान र लजालु अदा दिएकी छन्।

फिल्मको कथा ढुंगानाले लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन्। छायांकन कविर लाल र शाहिद लालको रहनेछ। निर्माण टिममा सानिजा अधिकारी, नरसरी अधिकारी र पवन ढुंगाना छन्।

निर्माण पक्षका अनुसार ‘पार्वती’ हास्य, भावना र सामाजिक सन्देश मिसिएको कथा हो। असोजदेखि छायांकन सुरु हुने फिल्मको बाँकी कलाकार र प्राविधिकबारे चाँडै जानकारी दिने जनाइएको छ। उपत्यकामा रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले तथा बाहिर एफडी कम्पनीले वितरण गर्नेछन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech