माग्ने बुढा’ले गरे ज्ञान विराट महायज्ञमा पुगेर आर्थिक सहयोग

फिल्मी फण्डा। लोकप्रिय हाँस्यकलाकार केदार घिमिरे माग्ने बुढाले पशुपतिमा आयोजित ऐतिहासिक श्री मनकामना पूर्ति तथा संकटमोचन विराट ज्ञान महायज्ञमा पुगेर  २५ हजार १ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । 

सोमबार पशुपतिमा आयोजित महायज्ञमा आगामी फिल्म माग्ने राजा प्रवर्धनका लागि पुगेका माग्ने बुढाले उक्त रकम सहयोग गरेका हुन् । महायज्ञमा माग्ने राजाको यूनिटका अन्य कलाकारहरु अभिनेत्री वर्षा सिवाकोटी, निर्देशक ऋषि लामिछाने, लेखक सामिप्य तिमल्सिना पनि पुगेका थिए । मानवसेवा फाउण्डेसनले भक्तपुर र ललितपुरमा मामाघर आश्रम स्थापना गर्न महायज्ञ आयोजना गरेको हो ।

यसअघि गत शनिबार अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले पनि महायज्ञमा पुगेर  ५१ हजार रुपैयाँ सहयोग गरेकी थिइन् । महायज्ञमा यसअघि पल शाह, रमेश उप्रेती, सरोज खनाल लगायतका कलाकारहरु पनि पुगेका थिए ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech