‘रियाल रिङ्गेट’ आजदेखि प्रदर्शनमा, बुकिङ कमजोर

फिल्मी फण्डा। निर्देशक विभोर पोखरेलको निर्देशनमा बनेको नेपाली फिल्म ‘रियाल रिङ्गेट’ आज साउन १६ गतेदेखि देशभर प्रदर्शनमा आएको छ। तर, पहिलो दिनको बुकिङ भने कमजोर देखिएको छ।

फिल्मले वैदेशिक रोजगारीमा जाने नेपालीहरूको पीडा र यथार्थ कथा बोकेको छ। रोजगारीको खोजीमा विदेश गएका नेपाली युवाहरू कसरी ठगिन्छन्, शोषणमा पर्छन्, र जीवन कसरी संकटमा पर्छ भन्ने विषय फिल्ममा देखाइएको छ।

निता ढुङ्गाना, प्रमोद चौलागाईं, ध्रुव कोइराला, रविन्द्र खड्का लगायत कलाकारको अभिनय रहेको फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन्।

‘रियाल रिङ्गेट’ शीर्षकले साउदी र मलेसियाको मुद्रा झल्काउँछ, जहाँ लाखौं नेपाली श्रमिक रहेका छन्। निर्माण पक्षले फिल्मले दर्शकलाई भावुक बनाउने विश्वास लिएको छ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech