'दाह्री फूल्यो बैंसैमा'का गायक आशिष ग्वान्जाओमा गुन्जिए

फिल्मी फण्डा। गायक आशिष सचिनले चिनको ग्वान्जाओमा एक विशेष प्रस्तुती दिएका छन्।


एनआरएनए चिनको नवौं राष्ट्रिय महाधिवेशनको अवसरमा आइतबार गोन्जाओमा आयोजिक भव्य समारोहकाबीचमा गायक आशिषले एनआरएनएका सयौं प्रतिनिधिका माझमा आफ्ना चर्चित गीत दाह्री फुल्यो बैंसमा, एक कान दुई कान मैदान, गलबन्दी पछ्यौरी, पानी बादलु र छमक छमक तेरी पाउजुलगायतमा प्रस्तुती दिएका हुन्।


निर्वाचनको माहोलमा गायक आशिष सचिनले भिन्नै रौनकता छरेका थिए। कार्यक्रममा उनको सर्वाधिक रुचाइएको लोकप्रिय गीत दाह्री फूल्यो बैंसमा गाउँदा दर्शकले वान्स मोर भन्दै हुटिङ गरेका थिए।


एनआरएनए चिनको नवौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा मुकुन्द ढकाल निर्विरोध निर्वाचित भएका छन्। कार्यक्रम भव्य रुपमा सम्पनन भएको निवर्तमान अध्यक्ष निर्मल शर्मा चौलागाईंले जानकारी दिए।


चौलागाईंले नयाँ कार्यसमितिलाई समेत कार्यकालको सफलताको कामना गरेका थिए। कार्यक्रमको प्रमुख अतिथिका रुपमा गोन्जाओका महावाणिज्यदुत भरत खनाल रहेका थिए।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech