फिल्मी फण्डा। गीतकार तथा संवाद लेखक गणेश सुवेदी चलचित्र विकास बोर्डको रिक्त सदस्य पदमा नियुक्त भएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार उनी विहीबार नै सदस्यमा नियुक्त भएका हुन्।
दिनेश डीसी ९दिनेशराज दाहाल० अध्यक्ष रहेको बोर्डमा हाल अन्य सदस्यहरू सन्तोषबाबु लोहनी र वीरेन्द्रप्रसाद भट्ट रहेका छन्।
नवनियुक्त सदस्य सुवेदी २५ वर्षदेखि संगीत तथा डकुमेन्ट्री फिल्म निर्माणमा सक्रिय छन्। उनले तीन कथानक चलचित्रमा पनि काम गरेका छन्।