मोडलिङमा उदाउँदो प्रतिभा: सम्पदा 

फिल्मी फण्डा । मोडलिङ क्षेत्रमा सक्रियता जनाउँदै आएकी सम्पदा अम्गाई पछिल्लो समय नेपाली फेसन तथा मनोरञ्जन क्षेत्रमा चर्चित नामका रूपमा स्थापित हुँदै गएकी छन्। अनुशासन, आत्मबल र निरन्तरताका साथ अगाडि बढिरहेकी अम्गाईको प्रतिभा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रमाणित भइसकेको छ।
 
वर्ष २०१८ मा मिस​ प्ल​स​ टु चित​व​न​को उपाधि जित्दै मोडलिङ यात्रा सुरु गरेकी उनले २०१९ मा मिस​ विउटीफुल​ नेपाल​को उपाधि समेत हात पारिन्। उनले पछिल्लो चरणमा एक अन्तर्राष्ट्रिय अवार्ड समेत जित्दै ग्ल्यामर दुनियाँमा आफ्नो उपस्थितिलाई मजबुत तुल्याएकी छन्।
 
नेपाली संगीत भिडियो क्षेत्रमा समेत उनको सक्रियता उल्लेखनीय छ। उनले अभिनय गरेका म्युजिक भिडियोहरूमा गहिरो भाव, सौन्दर्ययुक्त प्रस्तुति र सशक्त उपस्थितिले दर्शकहरूलाई प्रभावित पार्न सफल भएका छन्। उनका सामाजिक सञ्जालहरूमा नियमित रूपमा पोस्ट गरिएका सामग्रीहरू लाखौंले हेर्ने गरेका छन्।
 
मोडलिङसँगै अम्गाई अहिले दुईटा गाडीको भरतपुरस्थित शोरूममा इन्चार्जका रूपमा कार्यरत छन्। व्यवस्थापकीय भूमिकामा समेत जिम्मेवारीपूर्वक काम गर्दै आएकी उनी पत्रकारिता क्षेत्रमा पनि सक्रिय छिन्। +2 तहसम्म पत्रकारिता विषय अध्ययन गरेकी अम्गाई अहिले स्नातक तहमा अध्ययनरत छन् र उनले सामाजिक मुद्दाहरूमा रिपोर्टिङ गर्दै पत्रकारितामा पनि पहिचान बनाएकी छन्।
 
सम्पदा अम्गाई बहुआयामिक क्षमता बोकेको युवती हुन्। मोडलिङलाई आत्म–अभिव्यक्तिको माध्यम बनाउँदै, इमानदारी र आत्मसमर्पणसाथ अघि बढिरहेकी उनी आगामी दिनमा नेपाली फेसन तथा मनोरञ्जन उद्योगको सशक्त प्रतिनिधि बन्ने प्रबल सम्भावना बोकेकी छिन्।
 
 
 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech