फिल्मी फण्डा । निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने प्रेमकथामा आधारित चलचित्र ‘सुम्निमा’ मा अभिनेता अनुप विक्रम शाही अनुबन्धित भएका छन्।
यो चलचित्र मार्फत चाम्स र शाहीबीच चौथोपटक सहकार्य हुन लागेको हो। यसअघि दुबैले ‘हँसिया’, ‘वीर विक्रम’ र ‘लिली बिली’ मा सँगै काम गरिसकेका छन्। ‘लिली बिली’ पछि सात वर्षपछि पुनः सहकार्य हुन लागेको हो।
अनुप विक्रम शाहीका अनुसार, ‘सुम्निमा’ मा उनले अहिलेसम्मको करिअरमा नभोगेको नयाँ खालको चरित्र निर्वाह गर्नेछन्, जसका लागि उनी हाल तयारीमा जुटेका छन्।
गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको सहनिर्माणमा बन्ने यो चलचित्रको नाम सुन्दा नारीप्रधान लागे पनि फिल्म विशुद्ध प्रेमकथा हुने निर्देशक चाम्सले जानकारी दिए।