नेपाली फिल्म ‘नाकछोङ’को युकेमा प्रदर्शन भब्य

फिल्मी फण्डा। नेपाली मौलिक संस्कृति र राई समुदायको परम्परागत मूल्यलाई आत्मसात् गर्दै निर्माण भएको फिल्म ‘नाकछोङ’ (बिजुवा) युकेमा विशेष प्रदर्शन गरिएकोछ । ‘द आसफोर्ड सिनेमा’मा २० जुलाईमा आयोजित प्रदर्शनमा स्थानिय नेता, ब्यवसायी, भिआइपी, युके निवासी नेपाली लगायतको उल्लेख्य उपस्थिती थियो ।

 

फिल्मको विशेष प्रदर्शनमा फिल्मका तर्फबाट निर्माता ज्योतीराज राई सहभागी थिए । विशेष प्रदर्शनमा फिल्म हेर्ने अधिकाम्सले फिल्म मनपरेको प्रतिक्रिया दिए । कतिपयले कथा र फिल्म मेकिङ राम्रो भन्दे तारिफ गरेको निर्माता राईले बताए । फिल्म प्रदर्शनको सम्पूर्ण व्यवस्थापन किरात राई यायोक्खा प्रा.का.स आसफोर्डद्वारा गरिएको हो ।

 

फिल्म अब बेलायतमा रहेका किरात राई यायोक्खाको सत्रवटै प्राकासमा प्रर्दशन गरिनेछ । फिल्म युरोपको ५ स्थान र हङकङ, कोरिया, अष्ट्रेलिया, जापान, सिंगापुर, ब्रोनाई, मलेसिया लगायत स्थानमा समेत विशेष प्रदर्शन फिक्स भैसकेको निर्माता राईको भनाई छ ।

 

फिल्ममा भुवन सिंह राई, यासेली योङ्हाङ, शुष्मा सुब्बा गुरुङ, सारा राई, ताया हाङ राई, अनुशा राई, सरोज राई, उत्तम राई, पूर्ण लिम्बु, त्रिचु राई, दिनेश कोइराला, हेम दिलुङ्छा राई, उदय सुब्बा कुरुङ्बाङ, विनोद पोमो, तुलशा लिम्बु, मदन खोदूङ राई ,ससिता राई रसा लिम्वू , मीसन बान्तावा राई,सागर केरुङ, बबिन राई र बाल कलाकार जेशन राई लगायतको अभिनय छ । 

 

फिल्म किरण राईले निर्देशन गरेका हुन् । किरणको यो निर्देशनमा तेस्रो फिल्म हो । उनले यसअघि ‘लुङा’ र ‘जिउपंचौ’ निर्देशन गरेका थिए । फिल्ममा लेखन समेत किरणकै छ पोपीराज राई निर्माता रहेको फिल्मको छायांकन बाबु श्रेष्ठले गरेका हुन् । राजन मुकारुङ र विष्णु किरातीको शब्द, दिनेशकाजी वान्तवा, अनिल कोई राईको संगीत रहेको फिल्मको गीतमा नोगेन लिम्बु र परेस राईले स्व दिएका छन् ।

 

फिल्मको मुख्य सहायक निर्देशक बारत लिम्बु रहेका छन् । कार्यकारी निर्मार्ता रमु श्रेष्ठ रहेको फिल्मको पटकथा सम्पादन निर्देशक किरण र निर्माता ज्योतीराजले मिलेर तयार पारेका हुन् भने पास्र्व संगीत मोनिष निरौला, कलर अनिल राना, ध्वनि संयोजन र मिक्सिङ सागर अर्यालको रहेको फिल्मका निर्माण नियन्त्रक दोय गिरीराज राई र कमल लिम्बु (सार्के) रहेका छन् ।

 

निर्माता ज्योतीराजले फिल्मको निर्माण आफ्नो परम्परा जोगाएर पुस्तान्तरण गर्नु रहेको बताए । हरेक चाड, विवाह, कुलपितृ, मर्दापर्दा , रीति भेसभुषामा आवश्यक बिजुवा (नकछोङ )को संरक्षणका लागि फिल्म निर्माण गरिएको हो ।

 

फिल्मको नेपाल प्रदर्शन मिति तोकिएको छैन । फिल्म स्वदेशी तथा विदेशी अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रदर्शनपछि मात्र सार्वजनिक प्रदर्शनमा आउनेछ । निर्माता ज्योतीराजले यसअघि ‘लुङ्गा’, संगम, त्रिवेणी, पापी मान्छे, वान वे प्रोडूसर , लगायत फिल्म का साथै चर्चित टिभी सिरिजहरु पनि निर्माण गरेका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech