‘सानुमाया’ म्युजिक भिडियो सार्वजनिक: भुटानी नेपाली समुदायको प्रेमकथा र संघर्षको परिप्रेक्ष्यमा

फिल्मी फण्डा । भिजुअल आर्ट्स र टौवा स्टुडियोको सहकार्यमा निर्माण भएको म्युजिक भिडियो ‘सानुमाया’ सार्वजनिक भएको छ। यस भिडियोलले भुटानी नेपाली समुदायको सांस्कृतिक पृष्ठभूमिमा आधारित एक गहिरो प्रेमकथा प्रस्तुत गर्दै पहिचान, संघर्ष र प्रेमका जटिल भावनाहरूलाई उजागर गरेको छ।

विवेक रसाइलीको निर्देशनमा बनेको यस भिडियोलामा मिरुना मगर, दीपक रसाइली, र प्रेम सुब्बा प्रमुख भूमिकामा छन्। मिरुनाको पात्रले प्रेम र करिअर बीचको द्वन्द्व र संघर्षलाई चित्रण गरेको छ, जसले समाजमा पहिचानको अभाव र त्यसले निम्त्याउने मानसिक र सामाजिक दबाबलाई प्रकट गर्दछ।

मिरुना मगरले नेपालीभाषी भुटानी समुदायकी एक युवतीको भूमिका निर्वाह गरेकी छन्, जसले आफ्नो करिअर र प्रेमका बीच एक कठिन छनोट गर्नुपर्ने बाध्यतामा सामना गरिरहेकी छिन्। यस पात्रमा पहिचानको अभाव र त्यसबाट उत्पन्न हुने सामाजिक दबाबलाई गहिरो रूपमा पर्दामा उतारिएको छ।

कार्यकारी निर्माता विजय बस्यालका साथ, रेजोण थापाले मुख्य सहायक निर्देशकको जिम्मेवारी निभाएका छन् भने उज्ज्वल जोशी छायाकारको रूपमा योगदान दिएका छन्। भिडियोलाई भिजुअल आर्ट्स स्टुडियोको यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

गीतको संगीत एसडी योगीद्वारा तयार गरिएको हो र शब्द राम अविरल विष्टले लेखेका छन्। यस गीतमा योगीविज्ञानी पराजुलीले स्वर दिएका छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech