फिल्म ‘कबड्डी ५’को नयाँ गीत ‘थाक खोला’ सार्वजनिक भएको छ। कालीप्रसाद बाँस्कोटाको स्वर, शब्द तथा संगीत रहेको गीत फिल्मको प्रमोसनल सामग्रीका रूपमा सार्वजनिक गरिएको हो।
‘थाक खोला’ले फिल्मको कथावस्तु र परिवेशसँग जोडिएको मौलिक नेपाली स्वाद प्रस्तुत गरेको छ। गीत सार्वजनिक भएसँगै ‘कबड्डी ५’को प्रतीक्षामा रहेका दर्शकमाझ यसको चर्चा सुरु भएको छ।
रामबाबु गुरुङको निर्देशनमा तयार भएको ‘कबड्डी ५’ ‘कबड्डी’ सिरिजको पाँचौँ संस्करण हो। फिल्ममा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, रिश्मा गुरुङ र सिर्जना गुरुङलगायत कलाकारको अभिनय छ।
बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्म कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउनेछ। फिल्मको नेपाल वितरण ब्याङ्कटेश इन्टरटेनमेन्ट एन्ड टी फल्क र विदेश वितरण सेभेन सिज इन्टरनेसनलले गर्नेछ।