फिल्मी फण्डा। आगामी भदौ १२ गते प्रदर्शनमा आउने फिल्म ‘पार्वती’को पहिलो रत्यौली गीत ‘नौतुनाको रेलैमा’ सार्वजनिक गरिएको छ।
शुक्रबार सार्वजनिक गरिएको गीतको भिडियोमा , , अञ्जली अधिकारी, सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी र क्रिमसन श्रेष्ठको नृत्य देख्न सकिन्छ। विवाहमा खेलिने रत्यौलीलाई केन्द्रमा राखिएको भिडियोमा दीपाश्री पुरुषको भेषमा प्रस्तुत भएकी छन्।
गीतमा रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठको स्वर, हर्क साउदको शब्द तथा को संगीत छ। कोरियोग्राफी ले गरेका हुन्।
नीता ढुङ्गानाको कथा तथा निर्देशनमा बनेको फिल्ममा उनीसँगै दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेलको अभिनय छ। फिल्म आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउदै छ ।