‘झिंगे दाउ २’को प्रचार सुरु, तीन आकर्षक पोस्टर सार्वजनिक

फिल्मी फण्डा । असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र झिंगे दाउ २ ले तीन नयाँ पोस्टर सार्वजनिक गर्दै औपचारिक प्रचार अभियान सुरु गरेको छ। पोस्टर सार्वजनिकसँगै निर्माण टिमले अब गीत र ट्रेलरमार्फत दर्शकमाझ थप उत्साह सिर्जना गर्ने तयारी गरेको जनाएको छ।

ज्ञानेन्द्र देउजा को निर्देशनमा बनेको फिल्मका पोस्टरहरूले कथाका विभिन्न आयाम उजागर गरेका छन्। एक पोस्टरमा केकी अधिकारीआँचल शर्मा हर्षित मुद्रामा देखिएका छन् भने अर्कोमा दशैंको उल्लास र पारिवारिक परिवेश झल्काइएको छ। तेस्रो पोस्टरमा आर्यन सिग्देल सहित मुख्य पात्रहरूलाई रहस्यमय अवस्थामा प्रस्तुत गरिएको छ।

फिल्ममा केकी, आँचल, आर्यन, महेश त्रिपाठी, कुशल बिष्ट, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाललगायत कलाकारको अभिनय रहेको छ भने मदनकृष्ण श्रेष्ठमिथिला शर्मा अतिथि भूमिकामा देखिनेछन्।

तीन वर्षअघि प्रदर्शन भएको झिंगे दाउ ले बक्स अफिसमा सफलता हासिल गरेकाले यसको सिक्वेलप्रति दर्शकको अपेक्षा पनि उच्च रहेको छ। नयाँ पोस्टरहरूले फिल्मप्रतिको चासो र उत्सुकता थप बढाएको निर्माण पक्षको विश्वास छ।

jhinge dau 2 poster 1.jpg

jhinge dau 2 poster.jpg

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech