‘कंगाल करोडपति’ मंगलबारबाट फ्लोरमा

राजु श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्म ‘कंगाल करोडपति’ मंगलबारबाट फ्लोरमा गएको छ। फिल्मको छायांकन गोकर्णबाट सुरु गरिएको निर्माण पक्षले जनाएको छ।

राजधानीमा चार दिनको सेड्युल पूरा गरेपछि फिल्मको टोली बाँकी छायांकनका लागि चितवन जानेछ। फिल्मको सम्पूर्ण छायांकन ३५ दिनमा सक्ने लक्ष्य राखिएको छ।

प्रविण आचार्यको प्रस्तुतिमा बन्न लागेको फिल्ममा मुकुन भुषाल, मन्जिल कुमार, सलिना तामाङ, आरती आचार्य, हिउँवाला गौतम, चन्द्रवीर सिंह, अनिल बुढाथोकी, रेयर राई, प्राप्ति श्रेष्ठ, पदम सिं, राजन काथ्री, हरि भण्डारी र भीमसेन खतिवडालगायतका कलाकारको अभिनय रहनेछ।

सामाजिक तथा पारिवारिक विषयवस्तुमा निर्माण हुने फिल्मका निर्माता अनिल कुमार बुढाथोकी हुन्। अश्विन बराल, दिपेश तिरुवा, प्रविन राई, छिरिङ तामाङ र प्रवेश सापकोटा सहनिर्माताका रूपमा रहेका छन्।

रिता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसर रहेको फिल्मको कथा रामकृष्ण बजगाईंले लेखेका हुन्। पटकथा तथा संवाद चानस पुन मगरको रहेको छ।

सिनेमा पाठशाला प्रा.लि.को ब्यानरमा निर्माण हुने फिल्ममा हरि घले लामाको छायांकन तथा देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ। एसडी योगी, निराजन राई र दिप्सन लिम्बूले संगीत दिनेछन् भने प्रदीप लामा नृत्य निर्देशकका रूपमा रहेका छन्।

जीवन गौतम मुख्य सहनिर्देशक, सरोज श्रेष्ठ निर्माण नियन्त्रक र सुदीप अधिकारी कला निर्देशकका रूपमा फिल्ममा आबद्ध छन्।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech