फिल्मी फण्डा। विल्सन विक्रम राई 'तक्मेबुढा' को निर्देशनमा बन्ने फिल्म ‘मैझारो’मा मिरुना मगर अनुबन्धित भएकी छन्। उनलाई निर्माण टिमले अभिनेत्रीका रुपमा अनुबन्धित गरेको हो। यसअघि निर्माण पक्षले अभिनेताका रुपमा धीरज मगर अनुबन्ध गरेको थियो।
फिल्ममा धिरज र मिरुनाका अलवा अन्य कलाकारहरुको भने टुङ्गो लागेको छैन। निर्माण पक्षले केहि दिनमा नै अरु कलाकारहरुको टुङ्गो लगाउने जानकारी दिएको छ। तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस फिल्मलाई निर्देशक तक्मेबुढाले नै लेखेका हुन्। उनको यो डेब्यु लेखन तथा निर्देशन हो।
यस फिल्ममा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहनेछ भने गायनमा राजेश पायल राई लगायतको रहने छ।
‘यस फिल्मका लागि दुई जना कलाकार फाइलन भइसक्नु भएको छ। अन्य कलाकारसँग पनि कुराकानी भइरहेको छ। छिट्टै टुङ्गोमा पुग्छौँ,’उनले भने। उनका अनुसार फिल्मको छायांकन सौरभ लामाको हुनेछ । साउनको पहिलो हप्ताबाट छायांकन हुने यो फिल्मलाई ईलाम र पाँचथरका रमणीय स्थानहरूमा खिचिने छ।
सामाजिक कथावस्तुमा आधारित ‘मैझारो’ पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थका निर्माण हुनेछ। तक्मे प्रोडक्सनले यसअघि निर्माण गरेका हास्य सामग्री र सांगीतिक प्रस्तुतिहरू प्रस्तुत गर्दै आएको थियो।